तामाङ समुदायको इतिहास पढ्नुहोस।


नेपालमा बसोबास गर्ने १२५ जनजाति मध्ये मुख्यतया पहाडी इलाकामा बसोबास गर्ने तामाङ जाति पनि एक हो । तामाङ जाति , (अङ्ग्रेजीTamang [[१]]) नेपालको मध्य पहाडी क्षेत्रमा १७०० देखि बसोवास गर्दै आएको प्रमुख जाति/समुदाय हो । नेपालमा वि.सं. २०६८ सालको जनगणना अनुसार १५,३६,६८२ अर्थात ५.८ % जनसङ्ख्या रहेको पाइन्छ ।

नेपालको तामाङसमाज भन्नासाथ बौद्ध धर्म र बोन संस्कारमा आस्था राख्ने, एक आदिबासी नेपाली समाज भन्ने अर्थ हुन्छ । धार्मिक दृष्टिले भोटतिरको अर्थात् उत्तरतिरको प्रकृति यिनीहरुमा देखिए पनि अरु रहनसहनमा ठेट तिब्बतिपना यिनमा पाइन्छ । तामाङको बसोबास खास गरेर काठमाण्डू उपत्यका लगायत वरिपरिका जिल्ला अर्थात् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपूरमा पाइन्छ । यी जिल्लाभन्दा अतिरिक्त ठाउँमा यिनीहरु छँदै छैनन् भन्ने आशय भने होइन । हेरेर ल्याएका खण्डमा मेचीदेखि भेरीसम्म नै अथवा भनौ गन्दकिमा नै यिनीहरु छरिएर बसेका देखिन्छन् । यति हुँदाहुँदै पनि यिनको मूल थलो काठमाण्डू उपत्यका वरिपरिका जिल्ला मा आयेर नेवार हरुलाइ लखेतेरो बसोबास गरेको नै हुन् भन्ने कुरामा कुनै सन्देह छैन । तामाङहरुलाई मुर्मी र भोते पनि भन्ने चलन छ । जर्ज ग्रियर्सन महोदयका अनुसार मुर्मीहरु आफूलाई तिब्बतका पुराना बासिन्दामध्ये एक मान्दछन् । हर्बर्ट रिज्लेका अनुसार अनेक प्रमाणको आधारमा यिनीहरु तिब्बती मूलका मानिस हुन् । तामाङहरु मुर्मीबाहेक इशाङ्ग र सइन र भोते पनि कहलाउँछन् । कसै–कसैले यिनमा पाइने असमवर्ण वैवाहिक लक्षणका आधारमा चेङ्हिज खान सन्तति तामाङ हुन् पनि भनेका छन् । यिनको भाषा मूल रुपमा तिब्बतबर्मेली मुल शाखामा पर्छ ।

तामाङहरुमा प्रचलित एउटा किंवन्दती अनुसार उनीहरुको सृष्टि शिवबाट भएको हो । अर्थान् उनीहरुका आदि पुर्खा शिव हुन् । शिव सर्वप्रथम अनार्य थिए भन्ने कुरामा कुनै सन्देह छैन । यसबाट तामाङको सम्बन्ध किरातहरुसित पनि थियो कि भन्ने शङ्का उत्पन्न हुन्छ । तामाङलाई मुर्मी पनि भनिन्छ भन्ने कुरा पहिले नै चर्चा भइसकेको छ । मुर्मीको अर्थ सिमानाका बासिन्दा भन्ने हुन्छ भन्ने केही विद्वान्ले तामाङको अर्थ भनाइ छ । तामाङ र मुर्मीमा कुनै अन्तर छैन । केही विद्वा्ले तामाङले अर्थ घोडचढी सैन्य हुन्छ भनेका छन् । यिनमा प्रचलित एउटा किंवदन्तीअनुसार तामाङहरु तिब्बतका राजा स्रोङचङ गम्पोका समयका घोडा चढेर यता आएको सैन्यका केही मानिस नेपालमै बसोबास गरेको हुँदा यिनको नाम यस्तो अर्थात् तामाङ रहन गयो । तर तामाङहरुको वंशावलीमा तिब्बतका राजा स्रोङचङ गम्पोसित तामाङहरु आएको उल्लेख नपाइने हुँदा यो मत पनि सर्वमान्य छैन । कतै–कतै तामाङको अर्थ घोडचढी सैन्य नभएर घोडाको धनी हो भन्ने पनि पाइन्छ । किन्तु यो मत पनि त्यति स्थिर हुन सकेको छैन । केही विद्वान्हरुले हेलम्बुका निवासी योल्मु र कागते भोटेलाई पनि तामाङभित्रै समावेश गरेका छन् । केही समयअघिसम्म थामीहरु पनि तामाङमा समाविष्ट भए तर अब यो मत अमान्य भइसकेको छ । तामाङहरुको मूल थलो काठमाण्डू उपत्यकाको चारैतिर रहेको पहाडी क्षेत्र भएको र यिनीहरुको झुकाव उत्तरतिर भएको हुँदा त्यस विषयमा विचार गर्नु आवश्यक हुन आउँछ । सम्भवतः तामाङहरु पहिले काठमाण्डू उपत्यकामा आबाद थिए र यस उपत्यकामा बाहिरिया मानिसको आगमन शुरु भएपछि यिनीहरु यहाँबाट बाहिर समीपका पर्वतीय क्षेत्रमा जान बाध्य भए । यस सम्बन्धमा डा. शेटेन्कोको उक्तिलाई प्रस्तुत गर्नु युक्तिसङ्गत देखि आउँछ ।

श्री ५ को सरकार र सोभियत सङ्घ रुस सरकारका बीच भएको सांस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविद्यालय पुरातत्व संस्थानका प्रागैतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लेभ शेटेन्को २०३४ सालको हिउँदको अन्त्यमा दुई महिनाको लागि (अर्थात् जनवरी १५ ता. देखि मार्च २४ ता. १९७८ सम्म) नेपालको पुरातात्विक अध्ययन भ्रमणमा नेपाल आएका थिए । उनले यहाँ बस्ता पुरातत्व विभागको सहयोगमा अनेक प्रागैतिहासिक पुरातात्विका स्थलको अध्ययन गरे जसमा काठमाण्डू उपत्यकाको बूढानीलकण्ठ पनि एक हो । त्यस समय उनले आफ्ना उपलब्धिका विषयमा अनेक पत्रपत्रिकालाई अन्तर्वार्ता दिएका थिए । जसमा ‘साप्ताहिक समीक्षा’ पनि एक थियो । समीक्षको वर्ष १९ अङ्क ११ शुक्रबार, मार्च १७, १९७८ को पहिलो र सातौँ पृष्ठमा उनले प्राप्त गरेका पाषाणकालीन हतियारका चित्रसमेतको विवरण छापिएको छ । त्यसमा छापिए अनुसार काठमाण्डू उपत्यकाका यी वस्तु बूढानीलकण्ठको दक्षिण–पूर्वतिर बनियाँपाखा र पण्डितगाउँको बीचमा रहेको धोबीखोलाका किनारमा प्राप्त भएका थिए । यस सम्बन्धमा पाठकको जानकारीका लागि समीक्षाको सातौँ पृष्ठमा छापिएको अन्तर्वार्ताको एक अंश यहाँ यथावत् उद्धृत गर्नु उपयुक्त हुनेछ ।

डा. शेटेन्कोले बूढानीलकण्ठको पूर्व–दक्षिणतिर धोबीखोलामा पुरातात्विक अवशेषहरुको खोजी गर्दा प्राचीन पाषाणयुग (उत्तरकाल ईसापूर्व ३०००० वर्ष) का केही त्यस्ता ढुङ्गे उपकरण फेला पारेका छन् जो बिनापालिसका तर चोट दिएर ताछेर ९ँबिपभम ऋजष्उउभ० बनाइने गर्दथे । यो खोजीबाट काठमाण्डू उपत्यकामा मानवीय बस्तीको इतिहास त्यो प्राचीन मध्यपाषाणयुगदेखि नै चलिआएको छ भन्ने प्रमाणित भएको मात्र नभई एसियामा युरोपीय र मङ्गोलायड जातिहरुको महत्वपूर्ण सङ्गमस्थलका रुपमा काठमाण्डू उपत्यका रहन गएकोतिर सङ्केत गर्दछ ।

तामाङहरुमा प्रचलित एउटा किंवन्दती अनुसार उनीहरुको सृष्टि शिवबाट भएको हो । अर्थान् उनीहरुका आदि पुर्खा शिव हुन् । शिव सर्वप्रथम अनार्य थिए भन्ने कुरामा कुनै सन्देह छैन । यसबाट तामाङको सम्बन्ध किरातहरुसित पनि थियो कि भन्ने शङ्का उत्पन्न हुन्छ । तामाङलाई मुर्मी पनि भनिन्छ भन्ने कुरा पहिले नै चर्चा भइसकेको छ । मुर्मीको अर्थ सिमानाका बासिन्दा भन्ने हुन्छ भन्ने केही विद्वान्ले तामाङको अर्थ भनाइ छ । तामाङ र मुर्मीमा कुनै अन्तर छैन । केही विद्वा्ले तामाङले अर्थ घोडचढी सैन्य हुन्छ भनेका छन् । यिनमा प्रचलित एउटा किंवदन्तीअनुसार तामाङहरु तिब्बतका राजा स्रोङचङ गम्पोका समयका घोडा चढेर यता आएको सैन्यका केही मानिस नेपालमै बसोबास गरेको हुँदा यिनको नाम यस्तो अर्थात् तामाङ रहन गयो । तर तामाङहरुको वंशावलीमा तिब्बतका राजा स्रोङचङ गम्पोसित तामाङहरु आएको उल्लेख नपाइने हुँदा यो मत पनि सर्वमान्य छैन । कतै–कतै तामाङको अर्थ घोडचढी सैन्य नभएर घोडाको धनी हो भन्ने पनि पाइन्छ । किन्तु यो मत पनि त्यति स्थिर हुन सकेको छैन । केही विद्वान्हरुले हेलम्बुका निवासी योल्मु र कागते भोटेलाई पनि तामाङभित्रै समावेश गरेका छन् । केही समयअघिसम्म थामीहरु पनि तामाङमा समाविष्ट भए तर अब यो मत अमान्य भइसकेको छ । तामाङहरुको मूल थलो काठमाण्डू उपत्यकाको चारैतिर रहेको पहाडी क्षेत्र भएको र यिनीहरुको झुकाव उत्तरतिर भएको हुँदा त्यस विषयमा विचार गर्नु आवश्यक हुन आउँछ । सम्भवतः तामाङहरु पहिले काठमाण्डू उपत्यकामा आबाद थिए र यस उपत्यकामा बाहिरिया मानिसको आगमन शुरु भएपछि यिनीहरु यहाँबाट बाहिर समीपका पर्वतीय क्षेत्रमा जान बाध्य भए । यस सम्बन्धमा डा. शेटेन्कोको उक्तिलाई प्रस्तुत गर्नु युक्तिसङ्गत देखि आउँछ ।

श्री ५ को सरकार र सोभियत सङ्घ रुस सरकारका बीच भएको सांस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविद्यालय पुरातत्व संस्थानका प्रागैतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लेभ शेटेन्को २०३४ सालको हिउँदको अन्त्यमा दुई महिनाको लागि (अर्थात् जनवरी १५ ता. देखि मार्च २४ ता. १९७८ सम्म) नेपालको पुरातात्विक अध्ययन भ्रमणमा नेपाल आएका थिए । उनले यहाँ बस्ता पुरातत्व विभागको सहयोगमा अनेक प्रागैतिहासिक पुरातात्विका स्थलको अध्ययन गरे जसमा काठमाण्डू उपत्यकाको बूढानीलकण्ठ पनि एक हो । त्यस समय उनले आफ्ना उपलब्धिका विषयमा अनेक पत्रपत्रिकालाई अन्तर्वार्ता दिएका थिए । जसमा ‘साप्ताहिक समीक्षा’ पनि एक थियो । समीक्षको वर्ष १९ अङ्क ११ शुक्रबार, मार्च १७, १९७८ को पहिलो र सातौँ पृष्ठमा उनले प्राप्त गरेका पाषाणकालीन हतियारका चित्रसमेतको विवरण छापिएको छ । त्यसमा छापिए अनुसार काठमाण्डू उपत्यकाका यी वस्तु बूढानीलकण्ठको दक्षिण–पूर्वतिर बनियाँपाखा र पण्डितगाउँको बीचमा रहेको धोबीखोलाका किनारमा प्राप्त भएका थिए । यस सम्बन्धमा पाठकको जानकारीका लागि समीक्षाको सातौँ पृष्ठमा छापिएको अन्तर्वार्ताको एक अंश यहाँ यथावत् उद्धृत गर्नु उपयुक्त हुनेछ ।

डा. शेटेन्कोले बूढानीलकण्ठको पूर्व–दक्षिणतिर धोबीखोलामा पुरातात्विक अवशेषहरुको खोजी गर्दा प्राचीन पाषाणयुग (उत्तरकाल ईसापूर्व ३०००० वर्ष) का केही त्यस्ता ढुङ्गे उपकरण फेला पारेका छन् जो बिनापालिसका तर चोट दिएर ताछेर ९ँबिपभम ऋजष्उउभ० बनाइने गर्दथे । यो खोजीबाट काठमाण्डू उपत्यकामा मानवीय बस्तीको इतिहास त्यो प्राचीन मध्यपाषाणयुगदेखि नै चलिआएको छ भन्ने प्रमाणित भएको मात्र नभई एसियामा युरोपीय र मङ्गोलायड जातिहरुको महत्वपूर्ण सङ्गमस्थलका रुपमा काठमाण्डू उपत्यका रहन गएकोतिर सङ्केत गर्दछ ।

धोबीखोलामा प्राप्त ढुङ्गे उपकरणलाई डा. शेटेन्कोले तीन भागमा बाँडेका छन् – यी तीनै वटा किसिमहरु विश्वमा अन्यत्र विख्यात किसिमहरु हन् ।
क) गोवी नमुनाका धार भएका
ख) दुईधारे प्रिज्म्याटिक र
ग) तीनचुच्चे
गोबी नमुनाका ढुङ्गे उपकरण मङ्गोलियाको गोबीबाट शुरु भएर सुदूर पूर्व एसिया हुँदै अमेरिका पुगेको पाइएको छ र हाल यो उपकरण काठमाण्डूमा फेला परेकोबाट पाषाणयुगीय मङ्गोलियनहरु तिब्बत र हिमालय भएर नेपाल आइपुगेको देखा पर्दछ ।
अन्य दुई किसिमका ढुङ्गे उपकरणका निर्माताहरु युरोपीय जातिका पश्चिम काश्मीरतिरबाट नेपाल आएका हुन् किनभने ती दुई नमुनाहरु काश्मीर र पाकिस्तानबाट फेला परेका छन् । ठीक यही कुरा प्राचीन नेपालमा पनि छापिएको छ ।
यसबाट यही सिद्ध हुन्छ ईसापूर्व ३०००० वर्षभन्दा पहिलेदेखि नै मङ्गोलहरु काठमाण्डू, उपत्यकामा उत्तरतिरबाट आएका आबाद भए । हामी सबभन्दा पुराना बासिन्दा हौँ भन्ने तामाङहरुको धारणालाई पनि यसले निकै पुष्टि गर्दछ । सम्भवतः पहिले चर्चा गरिएझैँ मङ्गोलजातिका मानिस कुनै समय पहिले काठमाण्डू उपत्यकामा आबाद भए र त्यसपछि अन्य बाहिरिया मानिसको आगमन यस उपत्यकामा हुन थालेपछि ती मङ्गोलहरु पछिल्लो कालमा आएर तामाङ, मुर्मी आदि अनेक नामले सम्बोधित हुँदै गए । जो आज पनि त्यसै उपत्यकालाई चारैतिर घेरेर बसेका पाइन्छन् । त्यसैकारण त काठमाण्डू उपत्यकाको वर्णन गर्दा नेपालका पुराना वंशावलीहरु ‘नेपाल उपत्यकालाई आबाद गर्ने मञ्जुश्री बोधिसत्व स्वयं अनेक शिष्यहरुको साथ महाचीनबाट आएका हुन्’ भन्दछन् । वंशावलीको यस कथनले पनि डा. शेटेन्कोको भनाइ र तामाङहरुको भावनालाई पुष्टि गर्दछ ।
प्रागैतिहासिक कालको धारणामा यस प्रकार पुष्टि भए पनि ऐतिहासिक कालमा आएर मङ्गोलको प्रवेश विषयमा कुनै खास प्रमाण उपस्थित भएको हामी पाउँदैनौँ । नुवाकोट जिल्लाका निवासी तामाङहरुको धारणाअनुसार आजभन्दा करिब एक हजार वर्ष पहिले तिब्बतमा गलङमर्म नाम गरेको एउटा बुद्धधर्मविरोधी राजा थियो । उसलाई ग्याल्बो लुन्दर पनि भनिन्थ्यो । गलङमर्मले बुद्धर्धका अनुयायीलाई दमन ग¥यो । यस समय बौद्ध गुम्बामा आगो लगाइयो र त्यसका अनुयायी लामाहरुलाई गृहस्थ बन्न बाध्य तुल्याइयो । त्यति मात्र होइन बौद्ध मूर्तिहरु पनि नष्ट गरिए । यस स्थितिमा केही बौद्ध भिक्षुहरु त्यहाँबाट भागेर अन्यत्र गई आफ्नो रक्षा गर्न सफल भए । गलङमर्मले यस्तो दमन गरिरहेका समय दपलग्नी दोर्जे नामक भिक्षुले भेष बदलेर नाटकीय ढङ्गबाट गलङमर्मको हत्या गरी आफ्ना केही सहयोगीहरुका साथ घोडामा चढेर तिब्बतबाट दक्षिणतर्फ लागे । त्यस समय बौद्ध धर्मविरोधीहरुले पदलग्नी दोर्जे र उनका सहयोगीहरुलाई आजको नुवाकोट जिल्लाको उत्तरी भागसम्म लखेट्तै आए । यसरी यता आएका भिक्षुहरु आजको रसुवा र नुवाकोट जिल्लातिर आएर बसोबास गर्न थाले । पछिल्लो कालमा गएर यिनै व्यक्तिका सन्तति काठमाण्डू उपत्यकाको आसपासमा र सिन्धुपाल्चोक तथा धादिङ जिल्लाको विभिन्न ठाउँसम्म फैलिए ।
अहिले गलङमर्म अर्थात् ग्याल्बो लुन्दरको जुन कथा प्रस्तुत गरियो त्यो तिब्बतको अत्याचारी राजा लाङदार्माको घटनासित मेल खान आउँछ । त्यसकारण गलङमर्मको कथासित मिल्ने लाङदार्माको एउटा घटनालाई यहाँ प्रस्तुत गर्नु अप्रासङ्गिक हुनेछैन । त्यस घटनाको वर्णन तिब्बतमा यस प्रकार पाइन्छ ।
‘जुन समय तिब्बतको पवित्र भूमिमा राल्पाचन नामक परम धार्मिक राजा राज्य गरिरहेका थिए त्यसै समय अर्थात् ८३६ ईसवीमा आफ्नै सहोदर भ्राता लाङदार्माले उनको हत्या गराएर आफू राजगद्दीमा बस्यो । राल्पाचन बुद्धमार्गका परम उपासक थिए भने लाङदार्मा बुद्धधर्मको घोर विरोधी थियो । सबभन्दा पहिले लाङदार्माले भ्रातृहत्या गर्न सहयोग गर्ने मुख्य व्यक्ति पासग्याललाई आफ्नो मन्त्री नियुक्त ग¥यो । जति पनि बौद्ध धर्मका विरोधी व्यक्ति थिए तिनलाई ठूलठूला ओहदामा राख्यो । गुम्बामा बास गर्ने ठूला विद्वान् मारिए र कोही भागेर बाहिर गए । धेरै जसो धर्मग्रन्थ र बौद्ध देवदेवीका मूर्ति नष्ट गरिए । केही विद्वान भिक्षु मानसरोवरका आसपाससम्म भागेर जान सफल भए । केही तुर्कीस्तानतिर पनि पुगे ।
लाङदार्माको अत्याचार बढ्दै गयो । उसले भिक्षुहरुलाई विवाह गरेर गृहस्थी जीवन बिताउन बाध्य गरायो । केहीलाई धनुर्वाण दिएर शिकारी जीवन यापन गर्न प्रेरित ग¥यो । ठूलठूला गुम्बाका द्वारमा बौद्ध देव–देवीका मूर्ति झिकेर मद्यपान गरिरहेका भिक्षुका अश्लील मूर्ति राख्न लगायो ।
ऊ स्वयं मदिराप्रेमी र स्त्रीलम्पट थियो । उसलाई धर्मकर्मको साटो विभिन्न प्रकारका खेलकुदमा आनन्द आउँथ्यो । साथै क्रुर अत्याचारी र कृतघ्न पनि थियो । उसको दमनचक्रमा सारा तिब्बत कामिरहेको थियो ।
अत्याचारी राजा लाङदार्माको शासन दिनप्रतिदिन अरु खपिनसक्नु हुँदै गयो । यस्तो अत्याचार जनताले एक वर्ष खप्यो, बाटो हे¥यो तर त्यसमा कुनै परिवर्तन आएन । उसको अत्याचार खप्न लागेको पूरै ६ वर्ष हुन लाग्यो ।
राजाप्रति विद्रोह गर्ने कसैको हिम्मत भएन । जनतामा यो अत्याचारी राजा रक्तबीज जस्तो छ, एउटा मारे तुरुन्त अर्को रुप आउँछ भन्ने प्रबल अन्धविश्वास थियो । तर अत्याचारले सीमा नाघेछि जनताको धैर्यको बाँध पनि टुटयो । जन विद्रोहका सामने लाङदार्माको केही लागेन । अन्ततोगत्वा ८४२ ईसवीमा जनताबाट ऊ मारियो । यसै दिनदेखि तिब्बतको विशाल साम्राज्य टुक्रिन लाग्यो ।’
ऊ मारिए पनि मायावी राजा पुनः आउन सक्तछ भन्ने जनतामा विश्वास थियो । त्यस अत्याचारी राजालाई चिन्न दुई कुरामा विशेष विचार राख्नुपथ्र्यो । लाङदार्माको शिरमा सिङ थियो भने उसको जिब्रो कालो थियो । मायावी राजा कुने पनि मानिसको रुपमा आउन सक्तछ । तर उसका शिरमा सिङ र मुखमा कालो जिब्रो हुनुपर्दछ । लाङदार्मा मारिएको दिन तिब्बतीहरुले आपसमा भेटघाट हुँदा आफ्ना मित्र र आफ्ना मान्यजनलाई शिर खाली गरेर शिर र जिब्रो देखाउने प्रथा चलाए । जसको मतलब हो मेरो शिरमा सिङ पनि छैन र जिब्रो पनि कालो छैन । अर्थात् म अत्याचारी राजा लाङदार्माको प्रतिरुप होइन । यसबाहेक लाङदार्मा मारिएको दिन तिब्बती पात्रोअनुसार नयाँ वर्षको प्रारम्भमा अर्थात् मङ्सिर–पुसतिर एउटा जात्रा हुन्छ जसमा लाङदार्मालाई जनताका हातबाट हत्या गरेको देखाइन्छ । अतः यसबाट स्पष्टतया भन्न सकिन्छ तिब्बती जनताले लाङदार्माको मृत्युलाई आज पनि बिर्सन नसकेर ढोगभेटमा आज पनि शिर खाली गरेर शिर र जिब्रो देखाउने चलन पनि कायम राखेको छ । साथै लाङदार्मा मारिएको खुसीयालीको उत्सवलाई पनि बिर्सेको छैन ।
तामाङहरुमा यस प्रकारको कथामा विश्वास भए पनि इतिहासलाई यसले खास पुष्टि दिन सक्तैन । अर्को कुरा तामाङहरु तिब्बती जनता झैँ ढोगभेटमा शिर खाली गरेर जिब्रो पनि देखाउँदैनन् । यति हुँदाहुँदै पनि यस कुरालाई त्यसै झिकेर फ्याँक्न पनि हामी सक्तैनौँ । हुन सक्तछ पाषाणयुगभन्दा पछि ऐतिहासिक कालमा पनि उत्तरतिरबाट केही जातका मानिस यता आएर तामाङ समुदायमा मिसिए होलान् जसको कारणले गर्दा उनीहरुमा यस्तो धारण बन्न गयो ।
प्राचीन कुरालाई छोडेर आजको स्थितिमा विचार गर्ने हो भने तामाङको समाज मुख्य रुपमा दुई वर्गमा बाँडिएको छ । त्यो दुई वर्ग हो बाह्रजात र आठर जात । उनीहरुको धारणाअनुसार बाह्रजातका तामाङ शुद्ध रक्तका र अठारजातका तामाङ मिश्रित रक्तका सङ्कर सन्तति हुन् । बाह्रजात र अठारजातका तामाङको थर एकै प्रकारको हुन्छ र थरबाट त्यो जात छुट्टयाउन सकिँदैन । तामाङहरुमा यो बाह्रजात र अठारजातको भावना कहाँबाट आयो त्यो किटेर भन्न कठिन छ । तर ठीक यस्तै विभाजन गुरुङहरुमा पनि पाइने हुँदा तामाङहरुले यो जातको भावना गुरुङबाट अनुकरण गरेका हुन् कि भन्ने अनुमानसम्म गर्न सकिन्छ । कारण गुरुङहरुमा जात विभाजनको केही अर्थ छ । तर तामाङसमाजमा जात विभाजनको कुनै अर्थ छैन । किन्तु यो पनि यसै हो भन्ने कठिन छ । यस प्रकारको जातको भावना यिनमा भए पनि आपसको वैवाहिक सम्बन्ध र अन्य खानपान आदि कुनै कुरामा पनि जातको भावनाले बाधा पु¥याएको हुँदैन । यस्तो सामाजिक कृत्यमा यिनीहरु कुनै भेदभाव नराखी एक हुन्छन् । तामाङहरु नेपालका पुराना बासिन्दा हुन् भन्ने कुरालाई उनीहरुको सामाजिक सङ्गठनले पनि पुष्टि गर्दछ । तामाङको परम्परागत सामाजिक सङ्गठनमा जम्मा आठ सदस्य हुन्छन् र यिनैले तामाङसमाजलाई सञ्चालन गरेका हुन्छन् । यस्तो सङ्गठन हरेक ठूलो तामाङ गाउँमा हुन अनिवार्य हुन्छ । ती आठ सदस्य हुन् – योहो, मुल्मी, ङाप्ता, बोन्पो, डोप्ता, आला, ताम्बा र गुरमी गोडाई । यी प्रत्येक सदस्यको हातमा एक–एक काम सुम्पिएको हुन्छ र त्यो काम उसले पूरा गर्नुपर्दछ । यसलाई अन्य समाजको सङ्गठन वा धारणाअनुसार तुलना गरेर हेरे तिनको काम यस प्रकार देखिन आउँछ –
१. योहो – अध्यक्ष
२. मुल्मी – गाउँको मुखिया
३. ङाप्ता – लामा, पुरोहित
४. बोन्पो – धामी र निम्नकोटिको पुरोहित
५. डोप्ता – साधु
६. आला – ठालु
७. ताम्बा – वंशावली जान्ने लेखक
८. गुरमी गोडाई – सचिव
समाजमा यस्तो व्यवस्थित सङ्गठन हुनु पनि पुरानो र सबल समुदायको एउटा लक्षण हो । यस्तो व्यवस्थित गुण सबै समुदायमा पाउनु सम्भव हुँदैन । जर्ज ग्रियर्सन महोदयले तामाङलाई मुर्मी शीर्षक अन्तर्गत राखेर परिचय गराएका छन् । जसको चर्चा पहिले पनि प्रसङ्गबश भइसकेको छ । हामीले प्रसङ्गवश तामाङको सामाजिक सङ्गठनको चर्चा गर्दा गाउँको मुखियालाई मुल्मी भनिन्छ भनेका थियौँ । हुन सक्तछ यसै मुल्मीको अपभ्रंश रुप मुर्मी भएको हवस् । गाउँको ठालुलाई मुखिया भनेझैँ तामाङको सामाजिक जीवनमा मुल्मी नामक एक महत्वपूर्ण पद हुन्छ । कुनै–कुनै गाउँमा मुल्मीको पदमा गाउँलेहरुले आफूमध्येबाट एकलाई चुन्दछन् र एउटा निश्चित अवधिसम्म मुल्मीको स्थान ओगटेपछि अर्को व्यक्तिको पालो आउँछ । साधारणतः हरेक वर्षको संसारीपूजा वा भूमेपूजाको निमित्त मुल्मी चुन्ने चलन छ । कहीँ–कहीँ मुल्मी खानदानी रुपमा पनि भएको नपाइने होइन । २००७ साल अघि कुनै–कुनै तामाङ गाउँमा मालपोत वा अन्य यस्तै राजस्व उठाउने काम पनि मुल्मीकै जिम्मामा पर्दथ्यो र तामाङसमाजले चुनेका यस्ता मुल्मीलाई सरकारी मान्यता पनि प्राप्त थियो । मुल्मीको काम पूजापाठको व्यवस्था गराउने र राजस्व उठाउने मात्र नभई आफ्नो क्षेत्रभित्र पर्ने वन–जङ्गलको सुरक्षा गर्ने र गाउँको सामान्य शान्तिसुरक्षा कायम गर्ने उत्तरदायित्व पनि उसैमाथि हुन्थ्यो । यस प्रकार समाजको सेवा गरेबापत उसले गाउँलेहरुबाट वर्षमा एक दिन बेठ–बेगारी उठाउन पाउँथ्यो । भनाइको तात्पर्य हो वर्षमा एक दिन उसले अरुबाट आफ्नो निजी काम गराउन सक्तथ्यो र त्यो काम गरेबापत अरुलाई उसले ज्याला दिनु पर्दैनथ्यो । त्यस समय गाउँमा ससाना झैझगडा मिलाउने र पुर्पच्छे गर्ने उत्तरदायित्व पनि मुल्मीमै निहित थियो । तामाङ समाजमा मुल्मीको यस्तो महत्व भएको हुँदा बाहिरिया मानिसले उनीहरुको समस्त समाजलाई मुल्मी भन्न थाल्यो र त्यसैको उच्चारण–भेद वा अपभ्रंश रुप मुर्मी भयो । ‘र’ र ‘ल’ को उच्चारणमा खास अन्तर पाइँदैन । जसको अनुकरण जर्ज ग्रियर्सन महोदयजस्ता विद्वान्ले पनि गरेको अनुमान हुन्छ । हुन त केही विद्वान्हरुले मुर भनेको सीमान्त प्रदेश र मी भनेको मानिस भन्ने अर्थ गरेर सीमान्त प्रदेशमा बस्ने भएको हुँदा तामाङलाई मुर्मी भनिएको हो भन्ने पनि तर्क पेश गरेका छन् । तामाङहरु काठमाण्डू उपत्यकाको सीमान्त प्रदेशमा अधिक पाइने हुँदा यो तर्क पनि त्यति त्याज्य भने अवश्य छैन ।
तामाङ सामूहिक रुपमा बौद्ध धर्म मान्दछन् । यिनीहरुले मान्ने गरेको बौद्ध धर्म तिब्बतमा चलेको निङमापा सम्प्रदायमा आधारित धर्म हो । अपवादको रुपमा ग्यालोक्पा सम्प्रदाय मान्नेहरु पनि नपाइने होइन । यसै प्रकार केही जनता बोन्पो धर्मलाई मान्नेहरु पनि पाइन्छन् । निङमापाका अनुयायी आफ्नो गुम्बामा पद्मसंभवलाई प्रधान देवता मानेर स्थापना गर्दछन् र त्यहाँ शाक्यमुनि बुद्ध गौण देवताको रुपमा आउँछन् । ग्यलोक्पाका अनुयायीहरु गुम्बामा देवता स्थापित गर्दा शाक्यमुनि बुद्धलाई प्रधान देवता मानेर पद्मसंभवलाई गौण देवताका रुपमा लिन्छन् । निङमापाका अनुयायी लामाहरु रातो टोपी र रातो लुगा लगाउँछन् भने ग्यालोक्पाका अनुयायीहरु पहेँलो टोपी र पहेँलै लुगा धारण गर्दछन् । त्यसैकारण निङमापाका अनुयायीलाई रातो टोपी सम्प्रदाय र ग्यालोक्पाका अनुयायीलाई पहेँलो टोपी सम्प्रदाय भन्ने नामकरण गरिएको पनि पाइन्छ । रातो टोपी सम्प्रदायलाई उग्रवादी र पहेँलो टोपी सम्प्रदायलाई शान्तिप्रिय मार्गी भन्ने पनि चलन छ । पुरानो विश्वास अनुसार निङमापका अनुयायीहरु तन्त्रमन्त्रमा विश्वास राख्ने गौणमार्गी र ग्यालोक्पाका अनुयायीलाई विशुद्ध ज्ञानमार्गी हुन् भन्ने धारण थियो । तर आजकाल यी अलग–अलग सम्प्रदाय देखिए तापनि दुवैले तन्त्रमन्त्रमा विश्वास राखेको पाइन्छ । जसले बोन धर्मलाई मान्दछन् तिनीहरु मुख रुपले भूतप्रेतमा विश्वास राख्तछन् । किन्तु आजकाल यी तीनै धर्मको आपसमा यति सम्मिश्रण भइसकेको छ जसले गर्दा गुम्बामा प्रतिष्ठापित देवताको क्रम नहेरी यी जनता कुन धर्म मान्दछन् भनेर छुट्टयाउन कठिन पर्दछ । कारण बोनधर्मको मन्दिरलाई पनि गुम्बा नै भनिन्छ । बोन गुम्बामा स्थापना गरिएका देवता बौद्धजस्ता देखिए पनि ती बौद्ध देवता नभई बोनधर्मका देवता हुन्छन् । यसका प्रधान देवता बोनपो शेराब हुन् । तर हेर्दा ठीक शाक्यमुनि बुद्धजस्तै हुन्छन् । अन्य देवदेवी पनि उस्तै देखिए पनि तिनका नाम बेग्लै हुन्छन् र ती बौद्ध देवदेवी हुँदैनन् । बौद्ध धर्मको प्रसिद्ध वीजमन्त्र ‘ॐ मणि पद्मे हुं’ बौद्ध गुम्बामा लेखेर राखेको पाइन्छ भने बोन्पो गुम्बामा त्यस मन्त्रको साटो ‘ॐ मत्रिमुये सालेदु’ भन्ने अर्कै बोन्पो मन्त्र ढुङ्गामा कुँदेर वा लेखेर राखेको पाइन्छ । बौद्धहरु गुम्बा वा देवतालाई परिक्रमा गर्दा दाहिने पारेर परिक्रमा गर्दछन् भने बोन्पोहरु देवता वा देवालयलाई देब्रे पारेर परिक्रमा गर्दछन् । बोद्ध लामाले हातमा लिएर बजाउने घण्ट घोप्टो पारेर बजाउँछन् भने बोन्पोहरु त्यसलाई उत्तानो पारेर बजाउँछन् । पूूजापाठका विधिविधान र धर्मग्रन्थ पनि बोन्पोहरुका बेग्लै हुन्छन् । तिनमा बौद्ध धर्मको कुनै गन्ध हुँदैन । बौद्ध र बोन्पो गुम्बाबाट बाहिर हेर्दा उस्तै देखिए तापनि भित्र वा बाहिर चित्रित गरिने देवदेवीजस्तै बेग्लै लाग्दछन् । यदि दर्शकले हेर्दै गयो भने भित्तामा लेखिएका चित्रमा लामाका हातमा उत्तानो पारेर बजाउन लागेको घण्ट देखिन सक्तछ । यसबाट यो गुम्बा बोनधर्मावलम्बीहरुको हो भनेर दर्शकले स्वयं छुट्टयाउन पनि सक्तछ । पुस्तकका पत्ता पल्टाउने तरिका पनि बौद्ध लामाको भन्दा विपरीत हुन्छ । बौद्ध लामाहरु पुस्तक पाठ गर्दा पाठ गरिने पुस्तक आफ्नो अघि राख्तछन् र पाठ गरिसकिएका पाता त्योभन्दा पर्तिर राख्तछन् । तर बोन्पो लामाहरु सबभन्दा पर पाठ गरिने पुस्तक राख्तछन् र पाठ गरिसकिएका पाता आफ्नो अघिल्तिर राख्तै जान्छन् । यही बौद्ध धर्म मान्ने र बोनधर्म मान्नेको मोटामोटी विभाजन हो । अन्य खानपान र रहनसहनमा कुनै अन्तर हुँदैन । यसबाहेक ब्राह्मणद्वारा पूजाआजा गराउने पनि पाइन्छन् । यति हुँदाहुँदै पनि यिनको आन्तरिक झुकाव बौद्ध धर्मप्रति नै हुन्छ ।
धार्मिक क्षेत्रमा तामाङहरुको यस प्रकारको विश्वास देखिन्छ भने आफ्नो जातिपातिका विषयमा पनि उनीहरुका आफ्नै धारणाहरु पाइन्छन् । प्रसङ्गवश पहिले चर्चा गरिएजस्तै यिनीहरु बाह्रजात र अठारजातमा विभाजित छन् । बाह्रजातर अठारजातका थरमा भने खास अन्तर देखिँदैन र यी दुवैका थर एकै प्रकारका हुन्छन् । तामाङहरुका थरलाई उदाहरणका लागि प्रस्तुत गरेका खण्डमा उनीहरुका थर यस प्रकार देखिन आउँछन्–
‘कार्माबा, कार्ते, गोमदान, गौले , ग्रन्दन, ग्रेम्बा ग्लान, थिसिङ्ग, ङार्तेन, चौदेन, च्वाबा, छेलेङार्तेन, जिम्बा, टुपा, ठोकुर, डारदेन, डार्पा, ढिम्दु, तितुङ, थिङ, थोक्रा, दाम्राङ, दोङ, घ्यापा, पाएन, पाख्रिन, पाजुन्देन, प्रमुवा, बजु, बमजन, बलाम, मादेन, मुलुङ, मेमसिङ, मेलेनदेन, मोकनुङ, मोक्तान, योञ्जन, रुम्बा, लेन्देन, लो, लोपचन, ल्वोन, वाइबा, श्यानताङ, श्याम्बा, साई, सामदेन, सिङदेन र स्याङ्बो ।’
तामाङहरुका थर यति नै हुन् भनेर किटान गर्न सकिँदैन र यीभन्दा अतिरिक्त पनि थर हुन सक्तछन् । थरको आविष्कार स्थानविशेष र घटनाविशेष वा अरु यस्तै कारणबाट हुन्छ । उदाहरणका लागि तिनको मूल कारण खोजेका खण्डमा त्यसको पनि पत्ता नलाग्ने कुरै छैन । जस्तै सेपिलो पाटोमा बस्ने ढिम्दु, भिरालो ठाउँमा बस्ने मेलेनदेन, भीरको छेउमा बस्ने चौदेन कहलाएजस्तै अरु ठरको पनि केही अर्थ हुन सक्तछ । एउटा थरका मानिसहरु एक गोत्रका मान्छिन् तर कुनै–कुनै ठाउँमा यसको अपवाद पनि पाइन्छ । जस्तै पहिले चर्चा गरिएका थरमध्ये गौले र दोङ एउटै गोत्रका मानिन्छन् । एकै गोत्रमा तामाङहरु आपसमा विवाह गर्दैनन् । हुन सक्तछ दुई थरका मानिसको एउटै गोत्र हुने उदाहरण अरु पनि पाइयोस् । भनाइको तात्पर्य हो दुवै थरी एउटै वंशका सन्तति होऊन् र जसको विस्मृति उनीहरुमा आइसकेको नहोस् ।
तामाङहरु प्रायः पाएसम्म एकै ठाउँमा झुरुम्म बस्ती बसाएर बस्न मन पराउँछन् । यदाकदा बेग्लाबेग्लै बसेको नपाइने पनि होइन । तर उनीहरुको मूल प्रवृत्ति एकै ठाउँ बस्ने हुन्छ । यसरी बस्ता उनीहरुलाई गाउँको बाटोघाटोको निर्माण, गाउँको सुघरसफाइ आदि गर्न सुगम हुन आउँछ । त्यसैकारण उनीहरुका पुराना गाउँमा जतासुकै ढुङ्गा छापेको पाइन्छ । प्रायः उत्तरी क्षेत्रतिर बस्ने तामाङहरु नयाँ घर बनाउँदा घरको कुनै न कुनै ठाउँमा रतिलीलालाई सङ्ककेत गर्ने काठको मूर्ति बनाएर राख्तछन् र यो बाटो हिँड्ने मान्छेले देख्ने ठाउँमा राखेको हुन्छ । यसबाट घरमा भूतप्रेत आउँदैन् बज्र पर्दैन र अपूतो पनि हुनु पर्दैन भन्ने धारणा उनीहरुमा पाइन्छ । यिनीहरुका घर गच्छेअनुसार एकतलेदेखि लिएर दुई–तीनतले हुन्छन् । तीनतलेभन्दा अधिकका घर अपवादकै रुपमा मात्र पाइन्छन् ।
भेषभूषाका विषयमा विचार गर्ने हो भने तामाङ युवकयुवतीहरु कालो, हरियो र त्यसपछि रातो कलेजी रङ्ग अधिक मन पराउँछन् । यसबाहेकको रङ्ग लगाउँदैनन् भन्ने तात्पर्य पनि यहाँ व्यक्त गरिएको होइन । उत्तरी क्षेत्रमा तिब्बती ढङ्गका लुगा हुन्छन् भने दक्षिणी क्षेत्रमा बस्ने तामाङहरु त्यहीँको वातावरणसित मिल्ने लुगा लगाउँछन् । लवाइमा स्थानविशेषको प्रभाव अवश्य परेको हुन्छ । तर उत्तरी क्षेत्रमा तिब्बती मूलका अन्य जनताले विवाहिता स्त्रीलाई जनाउने ‘पान्देन’ लगाउँछन् र त्यो अघिल्तिर कम्मरमुनि लगाइएको हुन्छ । तर तामाङ युवतीहरु मान्देन लगाउँदा अघिल्तिर अथवा पछिल्तिर जता पनि लगाउँछन् । साथै विवाहिता र अविवाहिता दुवैले यो पान्देन नामको वस्त्र लगाएको हुन्छ । यिनीहरुले लगाएको पान्देन हेरेर विवाहिता र अविवाहिता स्वास्नीमानिसलाई छुट्टयाउन सकिँदैन । गरमा प्रदेशमा बस्ने तामाङ नारीले पान्देन प्रयोग गर्दैनन् । तामाङ युवतीहरु आभूषणमा पनि निकै रुचि राख्तछन् । उत्तरी क्षेत्रका तामाङ युवतीहरु बुटिल अथवा बिरु नामको सुन वा चाँदीको कुण्डल, सिंगीकर्मु नामको चाँदी वा सुनका चुरा, गहु नामको मुगा र सुनका गहना पनि लगाउँछन् । यदाकदा उत्तरी क्षेत्रका लोग्नेमान्छेले पनि बुटिल नामको कुण्डल कानमा लगाएको देखिन्छ । सुन–चाँदीका जन्तर पनि दुवै थरीले लगाएको पाइन्छ । तर स्वास्नी मानिस लोग्नेमान्छेभन्दा अधिक गहना मन पराउँछन् र त्यो स्वाभाविक पनि हो । वस्त्र जस्तै आभूषणमा पनि स्थानविशेषको प्रभाव परेको हुन्छ । अतः यस्तै लगाउँछन् भने किटान गर्न सकिँदैन ।
खानपानमा पनि उनीहरुको आफ्नै किसिमको धारणा हुन्छ । उनीहरु पाएसम्म कोदो, मकै, गहुँ र जौको पीठो उपयोग गर्न मन पराउँछन्। धानको उपयोग उनीहरु ज्यादै कम गर्दछन् । धानबाली हुने ठाउँमा बसेका तामाङहरु चामलको उपयोग जाँड–रक्सी बनाउन गरेर प्रमुख भोज्यपदार्थमा अरु अन्नको पीठो प्रयोग गर्दछन् । तामाङ जहाँसुकै बसेका हुन् मद्यप्रेमी हुन्छन् र उनीहरुको कुनै पनि कार्य मद्यबिना सम्पन्न हुँदैन । मांस पनि उनीहरुको जीवनको एक अभिन्न अङ्ग हो । तामाङहरु आफ्नो धारणाअनुसार गोंमासलाई घृृणा गर्दैनन् र सबैले खान्छन् भनेर ठोकुवा गर्न पनि सकिँदैन ।
हामीले पहिले नै प्रसङ्गवश भनेका थियौँ तामाङहरु मूल रुपमा बौद्ध धर्म मान्दछन् र त्यसपछि बोनधर्म मान्ने पनि छन् । प्रायः तामाङहरुको गाउँमा घ्याङ वा गुम्बा अवश्य नै हुन्छ । यस्तै घ्याङ अथवा त्यसको छेउछाउमा उनीहरुका समस्त धार्मिक कृत्य पूरा हुन्छन् । तामाङहरु तिब्बती लामा धर्मका अनुयायी भए पनि उनीहरुले मनाउने गरेका चाडपर्वमा केही अन्तर देखिन्छ । उनीहरुले मनाउने चाडमा माघे सङ्क्रान्ति, चैते दशैँ, वैशाखी पूर्णिमा, साउने सङ्क्रान्ति, वडादशैँ र तिहार आउँछन् साथै तिब्बतीहरुको चाड लोहोसर पनि मनाउँछन् । माघे सङक्रान्तिको चाड मनाउँदा तामाङहरु घ्याङमा गएर पूजा गर्दछन् जसलाई ‘हो’ भनिन्छ । यसै प्रकार श्रावणी पूर्णिमाका दिन गरिने पूजालाई ‘नारा’ भनिने गरेको पाइन्छ । यस्तो पूजामा तामाङहरु सामूहिक रुपले भाग लिन्छन् र त्यहाँ सामूहिक रुपमै ठूलो भोजभतेर पनि हुन्छ । पूजाका समय रातभर नाचगान पनि हुनु स्वाभाविक नै हुन्छ ।
घ्याङ अथवा गुम्बाबाहेक तामाङ गाउँमा ‘सिद्धथान’ नामको ठाउँ पनि हुन्छ । यस्तो ठाउँलाई ग्रामदेवताको स्था भनेमा कुनै अत्युक्ति हुँदैन । तर सिद्धथानलाई देवस्थल नामकरण गर्न सकिने सम्भावना देखिए पनि यस्तो ठाउँमा भूतप्रेतको पनि निवास हुन्छ भन्ने विश्वास गरिन्छ । यस्ता ठाउँमा कुनै देवताको मूर्ति राखिएको हुँदैन र त्यहाँ चढाइएका त्रिशुल, चिम्टा, दियो बाल्न बनाइएका फलामका चुच्चे दियाजस्ता फलामका उपकरण, घण्ट वा घण्टीजस्ता वस्तु नै दृष्टिगोचर हुन्छन् । अरु हिन्दू जनताको देखासिकीमा देवताको प्रतीकजस्तो बनाएर कतै–कतै एक दुई ढुङ्गा पनि ठडयाएको नपाइने होइन । यस्तो सिद्धथान प्रायः ठूला–ठूला रुखको फेदमा नै हुन्छ र त्यसको चारैतिर सानो घेरामा पर्खाल लगाइएको हुन्छ जसमा आएर गाईवस्तुले कुनै चीज बिगार्न नसकून् । त्यसको चारैतिर जनताले समय–समयमा चढाएका ध्वजापताका जहिले पनि यथावत् कायम देखिन्छन् । यस्तो ठाउँमा जनताले बलि चढाएका पशुपक्षीका भुत्लाबाहेक अरु कुनै प्रकारको फोहोरमैला हुँदैन । सिद्धथानको समीपमा कुनै पनि व्यक्तिले फोहोर गर्ने साहस गर्दैन । तामाङहरु यस्तै ठाउँमा संसारीमाई, सीमे र भूमेको पूजा गर्दछन् । भूमेपूजा कात्तिकमा गरिन्छ । यसै सिद्धथानमा तामाङहरु ‘फैलाह्लासु’ पनि गर्छन् । वास्तवमा भन्ने हो भने तामाङहरुले सामूहिक रुपमा गर्ने यो कुलदेवताको पूजा अर्थात् देवाली हो । फौलाह्लासु मङ्सिरदेखि फागुनभित्र जहिले गरे पनि हुन्छ । यसमा समस्त शाखा–सन्तानबाहेक अन्य कुटुम्बले पनि भाग लिन सक्तछन् र सबैले सामूहिक रुपमा भाग लिएर फौलाह्लासुको वातावरणलाई रमाइलो बनाउँछन् । सिद्धथानमा गरिने जुनसुकै प्रकारको पूजामा पनि पशुपक्षीको बलि दिइन्छ र यस्तो बलि दिइने पूजामा लामाको आवश्यक पर्दैन । बलि गराउने पुरोहित बोन्पो हुन्छ । बोन्पो पुरोहितले गराउनुपर्ने कुनै पनि कार्यमा लामा पुरोहितलाई औपचारिक रुपमा भाग लिन निम्तो गरिएको हुँदैन । लामा पनि तामाङ समाजमध्येकै कुनै व्यक्ति हुने हुँदा उसले यसमा भाग लिन आवश्यक हुन्छ र ऊ त्यस समय लामाको रुपमा हुँदैन र यजमानकै रुपमा भाग लिन्छ । बोन्पो पुरोहितले प्रयोग गर्ने मन्त्रको बौद्ध तन्त्र–मन्त्रसित कुनै सम्बन्ध हुँदैन ।
अन्य समाजमा जस्तै तामाङसमाजमा पनि जीवन–चक्रमा विवाह, जन्म र मृत्युलाई महत्व दिएको पाइन्छ । यिनीहरुमा मागीविवाह, चोरीविवाह, प्रेमविवाह, जारी विवाह र विधवा विवाहजस्ता सब प्रकारका विवाहले समाजमा स्वीकृति पाएको देखिन्छ । तामाङसमाजमा यसै प्रकारको विवाह अधिक प्रचलन छ भन्न पनि कसैले सक्तैन । त्यो ठाउँ–ठाउँको प्रचलनअनुसार त्यसमा न्यूनाधिक पाइन्छ । तर मामाचेला र फुपूचेलामा विवाह गर्ने प्रथा भने यिनमा सर्वत्र पाइन्छ । मामाचेला र फुपूचेलामा केटा–केटीको अभाव भएका खण्डमा मात्र अन्यत्र वर वा कन्या रोजिन्छ ।
मागीविवाहमा केटा पक्षबाट केटीका घरमा कन्यार्थी अर्थात् लमी जाने चलन छ । लमीको काम प्रायः पहिले चर्चा गरिएको ताम्बा नामको व्यक्तिले नै गर्नुपर्दछ । कारण तामाङसमाजमा प्राचीन रीतिथिति र वंशावलीसम्बन्धी ज्ञान वा जानकारी धेरैजसो ताम्बालाई नै हुन्छ । लमीले कुरा छिनेपछि केटापट्टिबाट केटीका घरमा सगुन लिएर जाने चलन छ । यस्तो सगुनामा कुखरा, खसी र सेलरोटी तथा जाँड–रक्सी लिएर जार्नुपर्दछ । विवाहको दिन निश्चित भएपछि जन्ती जाने चलन छ । जन्ती जाँदा तामाङहरुमा दमाईंबाजा नबजाएर डम्फु बजाउँदै जाने गर्दछन् र डम्फू तामाङहरु स्वयं बजाउँदछन् । तर ब्राह्मण–क्षत्रिय आदि अन्य समाजको प्रभाव अधिक भएका ठाउँमा दमाईंबाजा पनि प्रयोग गरेको नदेखिने होइन । डम्फू वा अन्य बाजा बजाउने मानिसलाई वरको अघि लगाइन्छ । वरको पछिल्तिर अन्य इष्टमित्र र कुल–कुटुम्बका मानिस हुन्छन् । जन्त जानेमा कतै–कतै स्वास्नीमानिसले पनि भाग लिएको देखिन्छ । कन्यापक्षका घरमा वरयात्रामा आएका मानिस आइपुगेपछि कन्यापक्षका मानिसले आफ्नो ढोकामा रक्सी, फुल, चार वटा रोटी आदि वस्तु राखेर वरको स्वागत गर्दछन् । यसरी स्वागत भइसकेपछि वरलाई घरभित्र लगिन्छ र सगुन खान दिएर आसनमा बसाइन्छ । दुलहाले आसन ग्रहण गरिसकेपछि दुलही हुने केटीको दाजु अथवा भाइले दुलहीलाई बोकेर ल्याउनुपर्दछ र दुलहाको छेउमा राख्नुपर्दछ । भनाइको तात्पर्य हो दुवैलाई एकै आसनमा राखिन्छ । यस प्रकार वर–वधू एकै आसनमा बसिसकेपछि पुनः दुवैलाई सगुन खान दिइन्छ । सगुन खाइसकेपछि विवाहको कार्यक्रम शुरु हुन्छ । कार्यक्रम शुरु भएपछि दुवै पक्षका ताम्बाले आफ्ना–आफ्ना पक्षका पुख्र्यौलीको गुणगान गरेर दुलहा–दुलही र त्यहाँ उपस्थित सबैलाई सुनाउँछन् । पुख्र्यौलीको गुणगान गरेर दुलहा–दुलही र त्यहाँ उपस्थित सबैलाई बजाउँदै गीतको भाकामा आपसमा सवाल–जवाफ गर्न थाल्दछन् । यस्तो अवस्थामा डम्फूको तालमा दुवै पक्षका मानिसले नाच्नु र गाउनुपर्दछ । यस बखत गाइने गीतलाई ताम्बागीत भनिन्छ । कारण यी सबै गीत आफ्ना–आफ्ना पक्षका वंशाक्ली सम्बनधी नै हुन्छन् । ताम्बागीतपछि रात्रिभोजको कार्यक्रम हुन्छ जसमा केटा र केटी दुवै पक्षका मानिस बसेर सहभोग गरिन्छ । भोजपछि कन्यादानको कार्यक्रम हुन्छ । कन्यादानमा केटीपक्षका मानिसले चारदाम राख्नुपर्दछ । चारदाम भनिने कृत्यमा एक माना चामल, त्यसमाथि चार पैसा, गच्छेअनुसारको जाँडरक्सी, फुल आदि राख्निछ । यी चारदाम कन्यापक्षले वरपक्षलाई बुझाएपछि तामाङसमाजमा कन्यादानको कार्य समाप्त भएको मानिन्छ । यसपछि कन्यापक्षका तर्फबाट आफ्नो गच्छेअनुसार केटा केटीलाई दानदक्षिणा पनि दिने चलन छ । तामाङसमाजमा यी सबै कृत्य गराउने जिम्मा उनीहरुका आफ्नै जातको पुरोहित हुन्छ जसलाई लामा भनिन्छ । उनीहरु पाएसम्म वैवाहिक कार्यमा बौद्धमार्गी लामाभन्दा बोन्पो लामालाई प्राथमिकता दिन्छन् । त्यस्तो लामाको अभाव भएमा बौद्धमार्गी लामाबाट नै विवाह सम्पन्न गराउँछन् । बोन्पो लामा र बौद्ध लामा नभएका खण्डमा ब्राह्मण पुरोहितबाट पनि कार्य सम्पन्न गराएको नपाइने होइन । तर यस्तो अवस्था तामाङसमाजबाट ज्यादै नै अलग्ग भएको परिवारमा मात्र पाइन्छ । सिन्दुरको प्रथा यिनीहरुमा छैन । किन्तु ब्राह्मण क्षत्रियको अधिक प्रभाव भएका ठाउँमा यसको पनि विधि पु¥याएको देखिन्छ । यति हुँदाहुँदै पनि सिन्दूर हाल्ने कार्यलाई प्राथमिकता दिएको पाइँदैन । गोडा धुने कार्य पनि यस्तै अवस्थामा मात्र आउँछ । विवाहको भोलिपल्ट वरवधूलाई बिदा गर्नुअघि एउटा भोजन हुन्छ जसलाई ‘सम्धीभोज’ भनिन्छ । यो दुवै पक्षका सम्धी सम्ध्यौलाको ढोगभेट र भेटघातको उपलक्ष्यमा आयोजन गरिएको भोज हो । भोजपछि दुलही अन्माइन्छ । दुलही लिएर फर्केको जन्तीलाई दुलहाको घरमा ‘जितौरीभोज’ खुवाइने चलन छ । यस भोजको प्रथाले तामाङहरुमा केटी अपहरण गरेर ल्याएपछि विवाह गर्ने प्रथा पहिले लोकप्रिय भएको सूचना मिल्दछ । जितौरी भोजपछि छरछिमेकका इष्टमिट कुल–कुटुम्ब र चेलीबेटी रक्सी, रोटी, फुल, मासु, माछा आदिको सगुनले दुलहा–दुलहीको स्वागत गरेर दुलही भित्रयाउँछन् । यस अवस्थामा ताम्बाले एउटा समारोहका बीचमा दुलहाका आमाबाबु अथवा अभिभावकसित दुलहीलाई यस घरमा कुनै प्रकारको कष्ट दिनेछैनौँ भन्ने वाचाबन्धन गराउँछ र साथै दुलहाबाट पनि त्यसै प्रकारको शपथ दिलाउँछ । ताम्बाले शपथ खुवाउने काम समाप्त गरेपछि दुलहादुलाहीको टाउको आपसमा तीनपल्ट जुधाउने, दुलहादुलाहीले एकले अर्कोलाई जूठो खुवाउने र ठाउँ साटासाट गरेर बस्ने कृत्य गरिन्छ । यसपछि मान्यजनले दुलहादुलहीलाई टीका लगाएर आशीर्वाद दिएपछि विवाहको विधि समाप्त भएको मानिन्छ । विवाह भएको तेस्रो दिनमा दुलहीलाई माइत पठाउनुपर्दछ । यसरी माइती पठाउने कार्यलाई तामाङहरु ‘दोवरी–निवरी’ भन्दछन् । तामाङहरु विवाहका समयमा दुलही हुने केटीकुनै कारणमवश दुलहा हुने केटोभन्दा अरु कुनै केटोको संसर्गबाट गर्भवती भएको थाहा भए पनि त्इसलाई उस्तो अशोभनीय कार्य मान्दैनन् र समाजले त्यसलाई स्वीकृत गर्दछ । समाजको यस्तो उदार भावनाले गर्दा यिनीहरुमा यौनभावना केही मात्रमा खुकुलो भएको देखिन्छ । यो त भयो मागीविवाको कुरा । तामाङहरुमा मागीविवाहभन्दा चोरी, जारी र प्रेमविवाह नै अधिक जनप्रिय देखिन्छन् । कारण मागीविवाहभन्दा चोरी, पर्ने हुँदा पञ्चले तोकेको साधारण दण्ड तिरेर अन्य प्रकारका विवाह गर्न उनीहरु मन पराउँछन् । यस्तो विवाहमा भोजभतेरको आर्थिक भार कम हुन्छ । सहोदर दाजु परलोक भएमा देवरले भाउजूसित विवाह गर्ने प्रथा पनि यिनीहरुमा कायमै छ । तर यसमा दुवैको राजीखुशी हुनु अनिवार्य मानिन्छ । उत्तरी क्षेत्रको कुनै कुनै ठाउँका तामाङहरुमा बहुपतिक प्रथा पनि देखिन सक्तछ तर यो प्रथा अब समाप्त भइसकेको छ । पारपाचुके प्रथा पनि तामाङहरुमा ज्यादै सरल छ । दुवै पक्षले अलग्ग हुन चाहेमा वा अर्कासित कुनै स्वास्नीमानिसको सम्पर्क भएमा दुवै पक्षलाई जम्मा गरेर पति र पत्नीको कम्मरमा एउटा धागो बाँधेर त्यसलाई बीचमा छिनाइदिएपछि दुवैको पारपाचुके भएको मानिन्छ । यस्तो धागो छिनाउने काम पञ्चले नै गर्दछन् । धागो छिनाएबापत पञ्चलाई केही दण्डस्वरुप बुझाउनुपर्दछ र त्यो रकम ज्यादै कम हुन्छ । यसरी पारपाचुके भएका केटा केटीले अर्को विवाह गरेमा समाजले त्यसलाई घृणाको दृष्टिले हेर्दैन । जारीप्रथा पनि यिनीहरुमा अत्यन्त सरल छ र साधारण दण्ड तिरे पुग्दछ । बहुपत्नी प्रथा पनि यिनमा स्वीकृत भएको हुँदा एउटा तामाङका अनेक पत्नी हुन सक्तछन् तर घरज्वाइँ बसेका केटाले अर्की स्वास्नी ल्यायो भने पहिलो स्वास्नीमा उसको कुनै हक लाग्दैन । घरज्वाइँ बसेका समय उसकी पत्नीले अर्को केटो ल्याई भने पनि त्यस घरमा ज्वाइँको कुनै हक रहँदैन ।
मानवजीवनमा विवाहपछि जायजन्मको क्रम अनउनु स्वभाविक कुरा हो । तामाङहरु साधारणतः शिशुको जन्म भएको तीन दिनपछि न्वारन अर्थात् नामकरण गर्दछन् । ब्राह्मण–क्षत्रिय आदि हिन्दू समाजको अधिक प्रभाव भएका ठाउँमा सात दिनदेखि एघार दिनभित्र बिजोर दिन पारेर न्वारन गर्ने पनि चलन पाइन्छ र सूतक पनि न्वारनकै दिनसम्म बारिन्छ । तामाङको पुरानो रीतिअनुसार न्वारन केवल बाबुले मात्र गरे पुग्छ । तर अन्य समाजको देखासिकीमा लामा वा ठाउँअनुसार अन्य पुरोहितद्वारा पनि गराएको पाइन्छ । न्वारन गराउने कार्यलाई तामाङहरु ‘छोइ’ भन्दछन् । य कार्यमा लामाले उपयोग गर्ने ग्रन्थलाई पनि छोइ नै भनिन्छ । छैटीका दिनमा सुत्केरीर नवजात शिशुलाई नुहाएर त्यसपछि सफासुग्घर पारिएको एउटा कोठामा बत्ती बालेर राख्ने चलन छ ।
तामाङहरुको जातकर्म यस प्रकार गन्छि भने छोरीको पास्नी पाँच महिनामा र छोरीको पास्नीछ महिनामा गर्दछन् । उनीहरु प्रथम सन्तति छोरो वा छोरी जेसुकै भए पनि मैनापक्षीको चुच्चो खोजेर त्यसैले अन्नप्राशन गराउन मन पराउँछन् । तामाङहरुको धारणाअनुसार मैनापक्षीको चुच्चोले शिशुको अन्नप्राशन गराए त्यो नवजात शिशु मैनाको जस्तो मिष्टभाषी हुन्छ । साथै शिशुको बोली फुट्न पनि कुनै कठिनाइ पर्दैन । मैनाको चुच्चोले प्रथम पल्ट अन्नप्राशन गराइसकेपछि अन्य इष्टमित्रले पनि अन्नप्राशन गराएर केही नगद अथवा अन्य वस्तु उपहारस्वरुप त्यहाँ दिन्छन् । यस्तो उपहारमा अन्य वस्तुभन्दा नगद नै अधिक प्रयोग गरेको पाइन्छ । अन्नप्राशनमा आमन्त्रित इष्टमित्रले असल खाद्य पनि उपहारमा लगेको देखिन्छ । तामाङहरु छोराको क्षौरकर्म तीनदेखि बाह्र वर्षभित्र गर्दछन् । क्षेवर अर्थात् पहिलोपल्ट केटाको कपाल काट्ने काम मामाबाट नै हुनुपर्दछ । आफ्नो साखै मामा नभए मामा पर्नेबाट गराइन्छ । तामाङको क्षेवरमा चेलीबेटीले उपहार दिनुपर्ने चलन छ । अरुले यस बखत उपहार दिँदैदिँदैनन् भन्ने आशय भने होइन । यस उपलक्ष्यमा चेलीबेटीले उपहार दिन अनिवार्य मानिन्छ, फरक यत्ति नै हो । शिशुका आमाबाबुले चेलीबेटीलाई दक्षिणा दिनुपर्ने नियम पनि यिनीहरुमा प्रचलित छ । यस अवस्थामा नाचगानको पनि आयोजन हुन्छ । छोरी ठूली भएर वा कुनै पनि स्वास्नीमान्छे रजोवती भएमा सुग्घरसफाइको दृष्टिबाहेक कुनै प्रकारको छूतछातमा बारना हुँदैन । बरु अन्नप्रशानकै प्रसङ्गमा एउटा कुरा भन्नु युक्तिसङ्गत देखिन आउला । तामाङहरु कतैकतै ८४ (चौरासी) वर्ष पुगेको उपलक्ष्यमा पनि पास्नी गर्दछन् जसलाई ‘बूढो पास्नी’ भनिन्छ ।यो कर्म स्त्री–पुरुष दुवैको निमित्त हुन्छ । यसमा पनि शिशुको पास्नीमा जस्तै उमङ्ग र उत्साहसाथ अन्नप्राशन गराइन्छ । आमन्त्रित वर्गले बूढो पास्नी गराइएका व्यक्तिलाई अझै दीर्घजीवी हुने शुभकामना व्यक्त गर्दछन् ।
जातकर्मबाट प्रारम्भ भएको अन्य कार्य यस प्रकार गरिन्छन् भने अन्तिम संस्कार पनि उनीहरुमा आफ्नै प्रकारको छ । कुनै गाउँमा मानिस बिरामी भएको सुन्नासाथ आफन्त इष्टमित्र भेला भएर उसको हेरविचार गर्दछन् । बिरामीको औषधोपचार गर्ने जिम्मा बोन्पो अर्थात् धामी र लामाको पनि हुन्छ । धामीको काम भूतप्रेतको दोष हटाउने हुन्छ भने लामाको काम धार्मिक ग्रन्थको पाठपूजा गरेर देव–देवीको आराधनाद्वारा बिरामीको रोग निको पार्ने हुन्छ । यदाकदा लामाले पनि भूतप्रेत भगाउने काम गर्दछ । तर यो काम धामी अर्थात् बोन्पोको कार्यक्षेत्रभित्र पर्दछ । यस्तो प्रयन्त गर्दा पनि रोगीको रोग शमन नभए उसको मृत्यु अवश्यम्भावी थियो भन्ने विश्वास गरिन्छ । रुग्ण व्यक्तिको मृत्यु हुनासाथ उसको तिघ्रामा अथवा शिरको छेउमा दियो बालिन्छ । धनी व्यक्तिको मृत्यु भएमा मृतकका शिरको वरिपरि नै १०८ बत्ती बाल्ने चलन छ । तामाङहरु मृत्यु भएको निश्चय हुनासाथ सुताइराखेको मृतकलाई उठाएर उसका हातगोडा खुम्च्याइन्छ । र गोडालाई पद्मासनका मुद्रामा राखेर उसलाई पद्मासनमै राखिन्छ । यसरी पद्मासनमा राखिने आधार एउटा ठूला तामाको खड्कौँला अथवा त्यस्तै अर्को भाँडो हुनुपर्दछ । मृतकलाई यस प्रकारस बसाइसकेपछि उसका शरीरमा श्रृङ्गार गरिन्छ र नयाँ लुगाले छोपिन्छ । यसै समय मृतकलाई राखेको ठूलो पात्रमा हुनेले घिउ तेल र नहुनेले पानी हालेर मृतकको अधोभाग त्यसमा डुबाउनुपर्दछ । तामाङहरुमा लामाले साइत नदिई अन्तिम संस्कारका लागि शव उठाउनु हुँदैन । घाट लैजाने साइत नजुरेसम्म मृतकको वरिपरि दाल, भात, तर्कारी आदि अनेक प्रकारका खाद्यपदार्थ बनाएर राख्ने चलन छ । यदाकदा यस्तो साइत निस्कन दुईतीन दिन पनि लाग्छ । साइत निस्कन विलम्ब भएका खण्डमा गाउँका इष्टमित्रसमेत आएर मृतकको शव कुर्न घरका मानिसलाई सहयोग गर्दछन् । शवयात्राको साइत निस्केपछि साधारणतः शव राखेको पात्रसमेत अटाउने काठको बाकस अथवा काठ वा बाँसको खट बनाएर त्यो पात्रसमेत शवलाई त्यसमा यथावत् राखिनछ । यस समय पनि राता, पहेंला र सेता कपडाका धजा र अन्य श्रृङ्गारका साधानले सजाउनुपर्ने उनीहरुले परम्परा छ । शवयात्रामा लामाहरु घ्याङलिङ्ग नामको धार्मिक कार्यमा उपयोग गरिने एक प्रकारको सनैजस्तो बाजा, ढयाङग्रो, झ्याम्टा र शङ्ख आदि वाद्य बजाउँदै शवको अघि लाग्दछन् । त्यसपछि शवको ठीक अघि मूल लामा रहन्छन् जसले हातमा लिएको घण्टी बजाउँदै मन्त्रोच्चारणका साथ पाइला सार्दछन् । मुख्य लामाको एउटा हातमा यस प्रकार घण्टी बजिरहेको हुन्छ भने अर्को हातले शवको खटमा बाँधिएको लामो कपडाको धजाको टुप्पो समातेको हुन्छ । लामो हिँडाइको गतिमा गति मिलाएर खट बोक्ने मानिसहरु पछिपछि हिँड्दछन् । त्यसपछि अरु मलामी हुन्छन् । मलामी जानेमा कतै–कतै स्वास्नीमानिस पनि समावेश भएको पाइन्छ । तर यसरी स्वास्नीमानिस मलामी जाने चलन ठाउँ एकै प्रकार लागू भएको देखिँदैन । तामाङहरु मृतकको अन्तिम संस्कार खोलाकिनारभन्दा डाँडामा गर्न मन पराउँछन् । शवलाई गाड्नुभन्दा दाहसंस्कार नै बढी गर्दछन् । यसरी अन्तिम संस्कार गरिदैँ गरेका समय त्यसको समीपमा लामाहरु पद्मासनका बसेर धार्मिक ग्रन्थको पाठ गर्दछन् । पाठका समय मृत व्यक्तिको घरबाट पकाएर मलामीका साथ लागिएको खाद्यपदार्थ र जाँड रक्सी लामाहरुलाई अर्पण गरिन्छ । यसरी अर्पण गरिएको खाद्य र पेय ग्रहण गर्न धर्मग्रन्थको पाठ छोड्नु आवश्यक छैन । लामाहरु खाने–पिउने र पाठ गर्ने काम एकसाथ गर्दछन् । यसमा उनीहरु अन्यथा मान्दैनन् अरु मलामीले यसरी अन्तिम संस्कार भइरहेका समय अथवा श्मशानघाटमा कुनै प्रकारको खानपिन गर्दैनन् र घाटबाट संस्कार समाप्त गरेर मृतकको घरमा फर्केपछि मृतकको घरमा बनेको मलामीका निमित्तको खाद्य र पेय ग्रहण गर्दछन् । मलामी खुवाउने काम समाप्त भएपछि जुठो बार्ने कार्य प्रारम्भ हुन्छ ।
तामाङहरु कसैको मृत्यु भएमा जुठो बार्दा तीन दिनसम्म नुन, तेल खाँदैनन् । चोखिने काम पनि तीनै दिनमा समाप्त हुन्छ । यसरी चोखिने कामलाई तामाङहरु ‘श्यार्कुतीङसी’ भन्दछन् । कुनै कुनै ठाउँका तामाङहरुले यस्तो चोखिने काम अर्थात् ‘श्यार्कुतीङसी’ सात दिन देखि तेह्र दिनभित्र गरेको पनि पाइन्छ । तर तामाङहरुको वास्तविक शुद्धाइँ भने ‘श्यार्कुतीङसी’ लाई होइन भने पनि हुन्छ । उनीहरुको वास्तविक शुद्धाइँलाई ‘घेवा’ भनिन्छ र त्यो त्यसै समय नगरेर पछि अनुकूल समयमा गरे पनि हुन्छ र त्यसै गरिन्छ पनि । यस्तो ‘श्यार्कुतीङसी’ पछि गरिने ‘घेवा’ कसैको मृत्यु भएको ४९ दिनमा, त्यस समय अनुकूल नपरे ६ महिनामा अथवा पुस महिना पारेर पनि गरेको देखिन्छ । घेवामा भोजभतेर गर्न प्रशस्त धन खर्च हुने र यो राम्रोसित गर्न झन्नै दुई दिन समय लाग्ने भएको हुँदा यस्तो घेवा मानिसको मृत्यु भएको वर्षौपछि पनि गर्ने चलन तामाङ समाजमा पाइन्छ । घेवाका समय दोरा नामको नृत्यको पनि आयोजन गर्ने चलन यिनीहरुमा कतै कतै देखिन्छ । यसबाट यही भन्न सकिन्छ तामाङहरुको जीवनमा घेवा अनि अन्त्येष्टिक्रियाको एक अभिन्न अङ्ग हो । यो साधारणतः तीन प्रकारको हुन्छ । जस्तै– ‘एकबिहाने घेवा’, ‘एकराते घेवा’ र ‘सो घेवा’ । पहिलो किसिमको घेवालाई एकबिहाने घेवा भन्ने नामकरण गरिएको भए तापनि यो गर्न दिनभर लाग्दछ । अर्थात् यो बिहान प्रारम्भ भएर बेलुका समाप्त हुन्छ । त्यसकारण यसलाई एकदिने घेवा भने पनि हुन्छ । एकराते नामको घेवा बिहान प्रारम्भ गरिन्छ र त्यो दिनभर र रातभर चलेर भोलिपल्ट बिहान मात्र समाप्त हुन्छ । तामाङहरुमा ‘सो’ नामको जुन घेवा प्रचालित छ त्यो मृत व्यक्तिका नाममा गरिने कार्य नभएर कसैले आफू जीवित हुँदै परलोकप्राप्तिका लागि गरिने धार्मिक कृत्य हो । तर यसको गणना अन्त्येष्टिक्रियासँगै गरिन्छ । प्रायः सन्तान नहुने व्यक्तिले आफू जीववित हुँदै यस्तो घेवा गराउँछन् र कसैले छोराछोरी भए पनि यस्तो कृत्य गराएको पाइन्छ । तामाङहरुको घेवा ठूलो तयारी गर्नुपर्ने हुँदा यसलाई सम्पन्न गराउन एउटा सामाजिक सङ्गठन नै बनेको हुन्छ । त्यसमा भाग लिने व्यक्तिको कार्यविभाजन यस प्रकार देखिन्छ ।
१. लामा – पुरोहितको काम गर्ने
२. उक्जे – बाजा बजाउने
३. लाइवा – खानपानको व्यवस्थ ागर्ने
४. कतुवाके – संयोजक
५. च्याङला – सगुन वितरक
६. च्युवा – भाँडाकुँडाको व्यवस्थ ागर्ने
यिनमध्ये लामाको काम निकै महत्वपूर्ण छ । कराण लामाले मन्त्र नपढेसम्म पितृको उद्धार हुन सक्तैन । मुख्य लामाबाहेक अरु लामा पनि धार्मिक ग्रन्थको पाठमा संलग्न हुन्छन् । धार्मिक ग्रन्थको पाठमा संलग्न हुने केही लामाहरुले धार्मिक बाजा बजाउने काम पनि लिएका हुन्छन् जसले पाठको बीचबीचका विश्राम र थालनीमा आफ्ना छेउमा भएका बाजा बजाउँछन् । केही लामा यस्ता पनि हुन्छन् जो केवल बाजा मात्र बजाउने काम गर्दछन् । यसरी बाजा बजाउने लामालाई उक्जे भनिन्छ । तामाङहरुको घेवामा यस प्रकारको व्यवस्था हुन्छ भने यसबाहेक पनि समस्त इष्टमित्रले त्यसमा अनिवार्य रुपले सहयोग गर्दछन् । घेवामा आउने प्रत्येक इष्टमित्रले जाँड–रक्सी र अन्य प्रकारको खाद्यन्न पकाएर ल्याइदिने चलन छ । खाद्यन्न वा जाँडरक्सी ल्याउन अनुकूल नपर्ने व्यक्तिको घरबाट नगदै भए पनि ल्याइदिएर घेवा गर्ने घरका व्यक्तिलाई सहयोग गरिन्छ । कुने व्यक्ति पर्दे गएका समय उसको मृत्यु भयो भन्ने खबर उसका परिवारले पाएर मृत्यु भयो भनिएको व्यक्तिको आत्मालाई शान्ति मिलोस् भन्ने हेतुले उसको घेवा घरमा गरिसकिएको रहेछ र त्यसपछि यो व्यक्ति जीवित फर्कियो भने उसलाई सोझै घरमा प्रवेश गर्न दिइँदैन । यस्तो अवस्थामा उसलाई केही दिन घरभन्दा बाहिर राखेर विधिपूर्वक एउटा ठूलो घ्याम्पामा प्रवेश गराइन्छ र त्यो घ्याम्पा फोरेर बाहिर निकालेपछि मात्र उसलाई घरमा प्रवेश गराइन्छ । तामाङहरु कसैको मृत्यु भउमा उसको घेवापछि मृतकका नाममा चैत्य बनाउने गर्दछन् र यस्ता चैत्य तामाङ गाउँका छेउछाउका डाँडामा प्रशस्त देखिन्छन् । डाँडामा अनुकुल ठाउँ नभए यस्त चैत्य अन्यत्र पनि बनाएको पाइन्छ । उनीहरु यस्ता चैत्यलाई कतै ‘हिकी’ र कतै ‘मानी’ भन्दछन् । बौद्धमार्गीको चैत्यका चारैतिर अथवा कुनै ठाउँमा ‘ॐ मणि पद्मे हुं’ भन्ने मन्त्र अङ्कित हुन्छ भने बोन्पोको अनुयायीका चैत्यमा ‘ॐ मत्रिमुये सालेदु! भन्ने मन्त्र अङ्कित हुन्छ । बाटो हिँड्ने मानिस यस्तो चैत्यलाई बौद्ध भए दाहिने पारेर र बोन्पो भए बायाँ पारेर हिँड्नुपर्दछ, यसो गर्नाले त्यस बटुवालाई धर्म हुन्छ र हिँडेको थकाइ पनि लाग्दैन भन्ने विश्वास उनीहरुमा पाइन्छ । भनाईको तात्पर्य हो बोन्पो चैत्यलाई परिक्रमा गर्दा वामावत्र्त घुम्ने चलन छ र अरु धारणा बौद्धमार्गीकै जस्तो हुन्छ । यसमा लेखिने मन्त्रबाहेक बौद्ध र बोन्पो चैत्यमा कुनै अन्तर देखिँदैन । कसैले यसमा देवताको मूर्ति राखेको रहेछ भने पनि नामबाहेक आकारप्रकारमा कुनै फरक हुँदैन । मृत व्यक्तिको नाममा बनाइएको चैत्य तयार भएपछि त्यहाँ लामाद्वारा पाठ गराएर भोज खाने चलन छ । यसो गर्नाले मृत व्यक्तिको आत्मालाई शान्ति मिल्दछ र त्यसमा सम्मिलित हुने व्यक्तिलाई पनि धर्म हुन्छ भन्ने उनीहरुमा अटल विश्वास छ । तामाङ समाजका व्यक्तिहरु यस्तो चैत्य आफू जीवित हुँदै बनाउन लगाएर आफ्नो कर्तव्य पूरा गर्ने पनि पाइन्छन् । तर यसरी आफू जीवित हुँदै चैत्य बनाउने कार्य प्रायः सन्तान नहुने व्यक्तिले नै गराउँछन् । तामाङहरुको जीवनचक्र यसै प्रकार चलेको हुन्छ ।
तामाङहरु स्वभावैले जन्मजात विनोदप्रिय हुन्छन् । उनीहरुको प्रसिद्ध लोकवाद्य ‘डम्फु’ हो । शहरी जीवन व्यतीत गर्नेबाहेक गाउँमा बस्ने हरेक नरनारीले डम्फु जाउन र डम्फुको तालमा नाच्न र गाउन जानेको हुन्छ । तामाङको जन्मदेखि मृत्युसम्मको कुनै पनि अवस्थाको जीवनमा डम्फु अनिवार्य अङ्ग मानिन्छ । यो हेर्नमा ठूलो आकारको खैँजडीजस्तो हुन्छ । डम्फुको आविष्कार कसरी र कहिले भयो त्यसको खास इतिहास पाइँदैन । तर त्यसका विषयमा चलेको एउटा किंवदन्ती वा दन्तेकथा निकै चाखलाग्दो देखिन्छ । उनीहरुको विश्वासअनुसार त्यो कथा यस प्रकार छ –
‘परापूर्वकालको कुरा हो । वेङदोर्जे नामक व्यक्ति जङ्गलमा शिकार खेल्न गए । त्यस समय उनले एउटा घोरल मारे । घोरलको छाला काढेपछि उनलाई एउटा वाद्ययन्त्र बनाउने इच्छा भयो । वाद्ययन्त्र बनाउन उनलाई एउटा काठको आवश्यक प¥यो । त्यसका लागि उनले कोइरालो नामको रुख काटे र त्यसको घेरो बनाए । घेरो बनाइसकेपछि घेरामा घोरलको छाला तन्काएर अडयाउन चारैतिर बाँसका कीलाको प्रयोग गरे । यसरी बनाइएको वस्तु बजाएर हेर्दा त्यसबाट अत्यन्त मधुर आवाज आउन थाल्यो र उनैले त्यसको प्रचार अरुमा पनि गराए । त्यही वस्तु आजका तामाङहरुले प्रयोग गर्ने डम्फुको पुर्खा हो ।’
यस प्रकार पहिले आविष्कार भएको डम्फु आज हरेक तामाङ गाउँका युवक युवतीको हातमा पाइन्छ । नेपाली समाजमा ‘भोटेसेलो’ भनिने जनप्रिय गीत डम्फुको तालमा निस्केको तामाङहरुको लोकगीत हो । तामाङ गाउँमा आज पनि हामी गयौँ भने डम्फुको तालमा ‘आम्मैले हो आम्मैले’ भन्दै चुट्किला गीतका साथ कहिले फनफनी घुम्दै, कहिले बस्तै, कहिले उठ्तै हूलका हूल बाँधेर नाचेको देख्न सकिन्छ । यस्तै लोकनृत्यमा गाइने लोकगीतलाई ‘भोटेसेलो’ भनिन्छ । भोटेसेलो भनिने तामाङगीत वा तामाङसेलोको अभिन्न अङ्ग डम्फु हो । तामाङहरुका विभिन्न लोकगीतमध्ये ‘ह्वाईगीत’, ‘फावरगीत’, ‘तम्बाकइतेन गीत’ र ‘देउतागीत’ प्रमुख हुन् । त्यसै प्रकार लोकनृत्यमा ‘डम्फुनाच’, ‘दोरानाच’, ‘सरस्वतीनाच’ र ‘देउतानाच’ उल्लेख्य देखिन्छन् । यी सबै प्रकारका नाचमा डम्फु हुनु अनिवार्य मानिन्छ । धार्मिक जात्रा र चाडपर्वमा ‘ह्वाईगीत’ गाइन्छ । यसमा मानवसमाजको उत्पत्तिका सम्बन्धमा कथा हुन्छ । दैनिक जीवनसित सम्बन्धित वा प्रेम अथवा विरहको गीतलाई ‘फावरगीत’ भनिन्छ । कसैको वंशावलीको वर्णन भएको गीतलाई ‘तम्बाकइतेन गीत’ को नामले पुकारिन्छ । यदाकदा विवाह र भोजभतेरमा गाइने अन्य प्रकारका गीतलाई पनि यसै नामले सम्बोधन गरेको पनि नपाइने होइन । तामाङहरुको नाचमा ‘सरस्वतीनाच’ उत्सवहरुमा, ‘देउतानाच’ पूजाआजामा र ‘दोरानाच’ मृत्यु–संस्कारका समयमा नाचिन्छ । यस्ता कुरा गहिरो अध्ययन गर्नेका लागि अनेका हुन सक्तछन् । तर थाली पुलाक न्यायले जानकारी प्राप्त गर्न चाहने व्यक्तिका लागि यही तामाङसमाजको संक्षिप्त परिचय हो ।
[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget